एनआईसी एशिया बैंकको १०९ औं बैंकिङ्ग सेवा सुरु « Arthapath.com
२९ माघ २०७६, बुधबार

एनआईसी एशिया बैंकको १०९ औं बैंकिङ्ग सेवा सुरु



काठमाडौं । ललितपुर जिल्ला अदालत परिसरमा एनआईसी एशिया बैंकले आफ्नो १०९ औं बैंकिङ्ग सेवाको सुरुवात गरेको छ । सेवाको समुद्घाटन ललितपुर जिल्ला अदालतका माननीय मुख्य न्यायाधीश महेन्द्रबहादुर कार्कीले गरे । कार्यक्रममा ललितपुर जिल्ला अदालतका न्यायाधीश एवं पदाधिकारीहरू तथा बैंकका उच्च पदस्थ पदाधिकारीहरूको उपस्थिती रहेको थियो ।

बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुधिर नाथ पाण्डेले अदालत परिसरमा विस्तारित काउण्टर संचालनमा आएसँगै अदालतमा आउने सेवाग्राहीलाई अदालती शुल्कका साथै दस्तुर बुझाउन र आवश्यक पर्ने रकम व्यवस्थापनका लागि सहज हुने बताए । बैंकिक सेवा देशका कुना कन्दरामा पु¥याउने लक्ष्य जारि रहेको उनले बताए ।

मुलुकभर ३ सय १३ शाखा कार्यालयहरु, ४ सय ४२ एटिएम, १ सय९ वटा एक्स्टेन्सन काउण्टर एवं ५२ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आएको बैंकमा करिब २१ लाख सेवाग्राही रहेका छन । बैंकले गत आर्थिक वर्षमा प्रत्यक्ष र अप्रत्यक्ष गरी करिब ३ अर्ब १५ करोड रुपैयाँ भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ ।


प्रतिक्रिया दिनुहोस्