कामना सेवा बैंकको बीमा सहितको स्वर्णिम सुरक्षित प्लस बचत खाता « Arthapath.com
२९ माघ २०७६, बुधबार

कामना सेवा बैंकको बीमा सहितको स्वर्णिम सुरक्षित प्लस बचत खाता



काठमाडौं । राष्ट्रिय स्तरको कामना सेवा विकास बैंककले बिमा सुविधासहित स्वर्णिम सुरक्षित प्लस बचत खाता संचालनमा ल्याएको छ । प्रगतिको आधार कामना सेवा सँग कारोबार भन्ने मुल नाराका साथ आम जनता माझ विभिन्न बैैकिङ सुविधा प्रदान गर्दै आइरहेको कामना सेवा विकास बैंकले ग्राहकहरुको सुविधा र हितलाई ध्यानमा राख्दै बीमा सुविधा सहितको स्वर्णिम सुरक्षित प्लस बचत खाता सञ्चालनमा ल्याएको हो ।
खाता खोल्ने ग्राहकले ऐभरेष्ट इन्स्योरेन्सको सहकार्यमा ७ लाख सम्मको दुर्घटना बीमा र १ लाख सम्मको ओषधीउपचार बीमा सुविधा दिने बैंकले जनाएको छ । यसबाट ग्राहकले ठूलो लाभ लिन सक्ने र बैंकको व्यवसाय बृद्धिमा सहयोग पुग्ने बैंकले जनाएको छ ।
काठमाडौं –३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा ११८ वटा शाखा तथा ६२ वटा एटिएम मार्फत ग्राहकहरुलाई आफनो सेवा तथा सुविधाहरु प्रदान गर्दै आएको छ । साथै बैंकले ABBS, SMS Banking, Mobile Banking, C-ASBA लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवा सुविधाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्ष आफ्ना सेवाहरु थप गर्दै जाने बैंकको योजना रहेको छ ।


प्रतिक्रिया दिनुहोस्