कामना सेवाको कल सेन्टर सञ्चालनमा « Arthapath.com
१ फाल्गुन २०७६, बिहीबार

कामना सेवाको कल सेन्टर सञ्चालनमा



काठमाडौं । “प्रगतिको आधार कामना सेवा सँग कारोबार” भन्ने मुल नाराका साथ आम जनता माझ विभिन्न बैैकिङ सुविधा प्रदान गर्दै आइरहेको कामना सेवा विकास बैंकले ग्राहकहरुको सुविधा र हितलाई ध्यानमा राख्दै आजबाट कल सेन्टर सञ्चालनमा ल्याएको छ जसबाट ग्राहकहरुले गुनासो सुनुवाईका साथै बैंकको सेवा सुविधाको बारेमा जानकारी प्राप्त गर्न सक्ने छन् ।

ग्राहकहरुले यो सुविधा लिनका लागि टोल फ्रि नम्बर १६६००–११–३००० तथा [email protected] मा सिधै सम्पर्क गर्न सक्नेछन् । १ सय १८ वटा शाखा तथा ६२ वटा एटिएम मार्फत ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ ।


प्रतिक्रिया दिनुहोस्