सिटिजन्स बैंकद्वारा पोखरामा सिसिटिभी जडान « Arthapath.com
२ फाल्गुन २०७६, शुक्रबार

सिटिजन्स बैंकद्वारा पोखरामा सिसिटिभी जडान



काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले पोखरामा सिसिटिभी जडान गर्न उपभोक्ता समितिलाई ७५ हजार आर्थिक सहयोग गरेको छ । जिल्ला प्रहरी कार्यालय, कास्कीमा आयोजित एक कार्यक्रमका बीच उक्त सहयोग रकम बैंकले आज हस्तान्तरण गरेको हो ।
बैंक तथा वित्तीय संस्था, सुनचादी पसल र आर्थिक कारोबार हुने व्यबसायिहरुको सुरक्षाको हेतुले पोखरा महानगरपालिकाको चोक देखि राष्ट्रबैंक चोक सम्म समितिले सिसिटिभी जडान गर्ने योजना अगाडी सारेको छ । यस कार्यले उक्त क्षेत्रमा हुने क्रियाकलापको निगरानीमा सहयोग पुग्ने विश्वास बैंकले लिएको छ । सिसिटिभी जडान पछि आपराधिक क्रियाकलापको अनुसन्धान गर्न नेपाल प्रहरीलाई सहज हुने कुरा समितिले जनाएको छ ।
शान्ति सुरक्षा कायम गरी अपराध मुक्त समाजको निर्माण गर्नुका साथसाथै अपराध अनुसन्धानमा संलग्न नेपाल प्रहरीका अधिकृत तथा जवानहरुलाई थप हौसला प्रदान गर्नेे विश्वास बैंकले लिएको छ । अब आउने निकट भविष्यमा बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने कुरा जानकारी गराएको छ ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना ८९ वटा शाखा, ९० वटा एटिएम र १०३ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव पाँच लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । ग्राहकवर्गहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, घरैमा बसेर बैंक खाता खोल्न सकिने अनलाईन सुविधा, रेमिट्यान्स सेवा, आस्वा, ड्राफ्ट, कार्ड सेवा,साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु प्नि उपलब्ध गराउँदै आएको छ ।


प्रतिक्रिया दिनुहोस्