सनराइज बैंकको “सन्राइज सरल एस.एम.ई कर्जा” शुरु « Arthapath.com
११ फाल्गुन २०७६, आईतवार

सनराइज बैंकको “सन्राइज सरल एस.एम.ई कर्जा” शुरु



काठमाडौं । सनराइज बैंकले “सनराइज सरल एस.एम.ई कर्जा” नँया कर्जा योजना संचालनमा ल्याएको छ । ग्राहकले कर्जा लिन आवश्यक सम्पूर्ण कागजात बैंकमा पेश गरेको २४ घण्टामै कर्जा प्रवाह गरिने व्यवस्था मिलाइएको छ ।

यस व्यवस्था अन्तर्गत ग्राहकले रु. १ करोड सम्मको कर्जा सहुलियत ब्याज दरमा प्राप्त गर्न सक्नेछन् । यस्तै बैंकले कर्जाको लागि प्रचलित धितो आवश्यकताको लागि समेत केहि छुट प्रदान गर्नका साथै यस्तो सुविधा उपयोग गर्ने व्यवसायसँग सम्बन्धित व्यक्तिहरुले निशुल्क क्रेडिट कार्डको सुविधा समेतको लाभ उठाउन सक्नेछन् ।

साना तथा मझौला उद्यमीको लागि कर लेखा तथा अन्य व्यवसायिक दक्षता अभिवृद्घिको निमित विभिन्न किसिमका परामर्श सेवा समेत उपलब्ध गराउँदै आएको जनाइएको छ । यो सुविधा देशका विभिन्न स्थानमा फैलिएका बैंकको १३० शाखाहरूबाट ग्राहकले लिन सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्