आईपीओ निष्कासन गर्दै पिपुल्स इनर्जी, बिक्रि प्रबन्धकमा ज्योति क्याापिटल नियुक्ति « Arthapath.com
२१ जेष्ठ २०८३, बिहिबार

आईपीओ निष्कासन गर्दै पिपुल्स इनर्जी, बिक्रि प्रबन्धकमा ज्योति क्याापिटल नियुक्ति



काठमाण्डौ। पिपुल्स इनर्जी लिमिटेडले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने भएको छ। ६६ लाख थान साधारण शेयरको प्रति शेयर अङ्कितमूल्य रु. सयका दरले कुल रअक्षरेपी ६६ करोड मात्रको प्रत्याभुति ज्योति क्यापिटलले गर्ने भएको छ ।

सोमबार क्यापिटल र पिपुल्स इनर्जी कम्पनीबीच शेयर प्रत्याभुति गर्ने सम्झौतामा हस्ताक्षर भएको हो ।

ज्योति क्यापिटल लिमिटेडको रजिष्टर्ड कार्यालय, कमलपोखरी, काठमाडौंमा आयोजित एक समारोहबिच ज्योति क्यापिटल लिमिटेडका तर्फबाट प्रमुखकार्यकारी अधिकृत श्री विकास ढकाल र पिपुल्स इनर्जी लिमिटेडको तर्फबाट महाप्रबन्धक जनार्दन अर्यालले शेयर प्रत्याभुति गर्ने सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

ज्योतिविकास बैंकको सहायक कम्पनीको रुपमा रहेको ज्योति क्यापिटलको चुक्ता पुंजी एक्काइस करोड रहेको छ । हरेक ग्राहकहरुको सम्पन्नताको सहयात्री बन्ने अभिलाषा बोकेको ज्योतिक्यापिटलले नेपाल धितोपत्र वोर्डबाट मर्चेन्ट बैंकरको कार्य गर्न अनुमतीप्राप्त गरी धितोपत्रको निष्काशन तथा बिक्रीप्रवन्धक, लगानी व्यवस्थापन, संस्थागत परामर्श, धितोपत्रको प्रत्याभूति तथा शेयर रजिष्ट्रार सम्बन्धीसेवा प्रदानगर्दै आएको छ ।


प्रतिक्रिया दिनुहोस्