‘एनएमबी तलब खाता’ र ‘एनएमबी सुपर तलब खाता’ योजना सञ्चालन « Arthapath.com
११ फाल्गुन २०७६, आईतवार

‘एनएमबी तलब खाता’ र ‘एनएमबी सुपर तलब खाता’ योजना सञ्चालन



काठमाडौं । एनएमबी बैंकले ‘एनएमबी तलब खाता र ‘एनएमबी सुपर तलब खातामा परिष्कृत विविधताका साथ नयाँ खाता योजनाहरू सञ्चालनमा ल्याएको छ । यस योजनाअन्तर्गत खातावालहरूलाई १८ लाख रुपैयाँसम्मको कुल बिमा सुविधा प्रदान गरिने बैंकले जनाएको छ ।

२ नयाँ योजनाहरू मध्ये ‘एनएमबी प्रिमियम तलब खाता’ मा ग्राहकहरूलाई १० लाख रुपैयाँसम्मको दुर्घटना मृत्यु बिमा, १८ प्रकारका घातक रोगहरूका लागि ५ लाख रुपैयाँसम्मको बिमा सुविधा प्रदान गरिएको छ भने ‘एनएमबी प्रिमियम सुपर तलबखाता’मा ग्राहकहरूले १० लाख रुपैयाँसम्मको दुर्घटना मृत्यु बिमा, १८ प्रकारका घातक रोगहरूका लागि ७ लाख रुपैयाँसम्म बिमा र १ लाख रुपैयाँसम्मको स्वास्थ्य उपचार बिमाबाट लाभान्वित हुन सक्ने भन्दै बैंकले उल्लेखित खाताहरू शून्य मौज्दातमै खोल्न सकिने पनि जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्