प्राइम र कैलाश बैंकको मर्जर २ सतामै सकिने, पायो राष्ट्र बैंकबाट अन्तिम स्वीकृती « Arthapath.com
१४ फाल्गुन २०७६, बुधबार

प्राइम र कैलाश बैंकको मर्जर २ सतामै सकिने, पायो राष्ट्र बैंकबाट अन्तिम स्वीकृती



काठमाडौं । प्राइम कमर्सियल बैंक र कैलाश विकास बैंक मर्जर अवको २ सातामै टुङ्गिने भएको छ । नेपाल राष्ट्र बैंकको गत बुधबार बसेको बैठकले मर्जरको अन्तिम स्वीकृती दिएको राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तमणी शिवाकोटीले जानकारी दिए ।

प्राइम र कैलाश बैंकले गत पुस ३ गते मर्जरका लागि सम्झौता गरेर दुवै बैंकले गत पुस २५ गते वार्षिक साधारणसभाबाट मर्जरको प्रस्ताव पारितगरी राष्ट्र बैंकमा अन्तिम स्वीकृतीको लागी पठाएका थिए । अव अन्तिम स्वीकृतीको चिठी पाएको २ सातामै प्राप्ती गरिसक्ने प्राइम बैंकका सिईओ नारायणदाश मानन्धरले बताए ।

प्राइम बैंकले गाभ्न लागेको कैलाश विकास बैंकलाई एक कित्ता सेयर बराबर ०.९४ प्रतिशत सेयर अनुपातमा प्राप्ति गर्न लागेको हो । पोखरेलीहरुले स्थापना गरेको अन्नपुर्ण फाइनान्स पछि मर्ज हुँदै कैलाश विकास बैंक बनेको थियो । तत्कालिन अवस्थाको राम्रो मध्येको फाइनान्स किवास बैंक बनेपनि आन्तरीक किचलोले राम्रो गर्न सकेको थिएन ।

कैलाशलाई प्राप्ती प्रश्चात प्राइमको चुक्ता पुँजी १३ अर्व ५५ करोड पुग्ने छ । १२ वर्ष अघि स्थापना भएको प्राइम बैंक सेयरधनीलाई राम्रो प्रतिफल दिने बैंकमा पर्छ । प्राइम बैंकको हाल चुत्ता पुँजी १० अर्ब ८ करोड छ भने कैलाशको दुई अर्ब ९२ करोड छ । प्राइमको कर्जा लगानी एक खर्ब २८ अर्ब रुपैयाँ पुग्नेछ भने निक्षेप संकलन एक खर्ब १५ अर्ब रुपैयाँ पुग्नेछ । त्यस्तै शाखा सञ्जाल २०० नाघ्नेछ ।


प्रतिक्रिया दिनुहोस्