एनसीसी बैंक अवकाश कोषद्धारा ७५ प्रतिशत लाभांश दिँदै « Arthapath.com
१५ फाल्गुन २०७६, बिहीबार

एनसीसी बैंक अवकाश कोषद्धारा ७५ प्रतिशत लाभांश दिँदै



काठमाडौं । एनसीसी बैंकले आफ्ना ३ सयभन्दा बढी संघसंस्थाका सबै कर्मचारीहरुलाई अवकाश कोषले संचित बचतबाट ७५ प्रतिशत लाभांश दिने भएको छ ।

गत असार मसान्तसम्मको संचित बचतबाट उक्त लाभांश दिन लागेको हो । संचित अवकाश कोषमा रहेको मौज्दातको १ दशमलव ४९ प्रतिशत लाभांश कोषले खातामै जम्मा गरिदिने भएको छ ।

एनसीसी बैंक अवकाश कोष नेपाल क्रेडिट एण्ड कमर्श बैंक लिमिटेड अन्तर्गत रही नेपाल राष्ट्र बैंक र नेपाल सरकार, आन्तरिक राजस्व विभागबाट स्वीकृति लिई विगत १७ वर्षदेखि कारोबार सञ्चालन गर्दै आएको छ ।


प्रतिक्रिया दिनुहोस्