बैंक अफ काठमाण्डूद्वारा रक्तदान र सहयोग कार्यक्रम सम्पन्न

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले आफ्नो २५ औँ वर्ष पूरा गरेको उपलक्ष्यमा बैंकले रक्तदान कार्यक्रम गरेको छ । प्रदेश नं. ५ अन्र्तगत नेपालगन्ज प्रादेशिक कार्यालयमा आयोजना गरीएको रक्तदान कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिका प्रमुख डा. धवल शम्शेर राणा, नेपाल राष्ट्र बैंक नेपालगन्जका प्रमुख मुक्ति सापकोटा र बैंकका संचालक समिति सदस्य गोबिन्द प्रसाद शर्माको बिशेष उपस्थितीमा उक्त कार्यक्रम सञ्चालन गरीएको थियो ।
साथै, बैंकले सामाजिक उत्तरदायीत्व अन्र्तगत नेपालगन्जको फत्तेबाल आँखा अस्पताललाई पानी शुद्धिकरणको लागि वाटर डिस्पेन्सन उपकरण हस्तान्तरण गरीएको हो ।
हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले ८७ शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।