बिना धितो बैंक ग्यारेन्टीबारे यस्तो छ प्राइम बैंकको स्पष्टोक्ती « Arthapath.com
३ चैत्र २०७६, सोमबार

बिना धितो बैंक ग्यारेन्टीबारे यस्तो छ प्राइम बैंकको स्पष्टोक्ती



काठमाडौं । प्राइम कमर्सियल बैंकले एकै पटक ६ सय २२ ओटा म्यानपावर कम्पनीलाई बैंक ग्यारेन्टी दिएको बारेमा बैंकले आफ्नो धारणा सार्वजनिक गरेको छ ।
एकैपटक १२ अर्वभन्दा बढी बैंक ग्यारेन्टी दिएको बारेमा बैंकले ग्यारेन्टी कस्तो अवस्थामा बस्ने र बैंकलाई कस्तो रिक्स आइपर्छ भन्नेबारेमा आफ्नो स्पष्टोक्ती सार्वजनिक गरेको छ ।

(यस्तो छ बैंकले जारी गरेको बैंक ग्यारेन्टी र बैंकमा आइपर्ने जोखिम संबन्धी स्पष्टोक्ती)

१. बैंकले विना धितो बैंक जमानत जारी गरिएको भन्ने सन्दर्भमा बैंक जमानत एक प्रकारको गैह कोषमा आधारित कर्जा भएकोले विभिन्न बैंकहरुले कर्जा नीति तयार गरी जमानतको प्रकृति अनुसार निश्चित नगद मार्जिन वा धितोबाट सुरक्षण हुने गरी बैंक जमानत जारी गर्ने प्रचलन छ । बैंक जमानतको प्रकृति अनुसार बैंकलाई भविष्यमा आइपर्ने जोखिम मुल्यांकन गरि नगद मार्जिन वा धितो मार्जिनको अंश निर्धारण गरी बैंक जमानत जारी गरिन्छ । सामान्यतय बैंक जमानत जारी गर्दा जमानत प्रकृति हेरि जमानत रकमको केही अंशमात्रै नगद वा धितो सुरक्षणको रुपमा लिइने प्रचलन छ । उदाहरणका लागि बैंकले Bid Bond Guarantee जारी गर्दा यस्तो प्रकृतिको बैंक जमानतमा बैंकलाई कम जोखिम हुने भएकोले न्यून नगद मार्जिन वा धितो मर्जिन सुरक्षण लिई जारी गरिन्छ ।

२. यस बैंकले विगत १० वर्षबाट म्यानपावर कम्पनीहरुलाई आवश्यक बैंक जमानत जारी गरी बैंकिङ्ग कारोबार गर्दै आएको र यस्तो बैंक जमानत जारी गरिए बापत बैंकलाई भविष्यमा आइपर्ने दायित्व र जोखिम बारे पूर्ण जानकार र अनुभव रहेको कारणले सोही अनुभव र ग्राहकको ] credit history को विश्लेषण गरी जोखिम न्यूनिकरणका उपायहरु अविलम्बन गरी बैंक जमानतहरु जारी गरिएको ।

३. बैंकले विभिन्न म्यानपावर कम्पनीहरुबाट नगद मार्जिनका अतिरीक्त घर जग्गा धितो समेत सुरक्षणको रुपमा लिइ बैंक जमानतका अतिरीक्त अन्य कर्जाहरु समेत उपलब्ध गराउँदै आएको कारणले बैंक संग नगद मार्जिन बाहेक घर जग्गा समेत धितो सुरक्षणमा रहेको ।

४. म्यानपावर कम्पनीहरुले नेपाल सरकारलाई रु १.५ करोड बराबरको बैंक जमानत पेश गर्नुका अतिरिक्त नेपाल सरकारको धरौटी खातामा रु ५० लाखको छुट्टै नगद जम्मा गरिएको । जम्मा गरिएको धरौटी रकम र बैंक जमानतको रकम समेतको भविष्यमा दायित्व आउने सम्भावना न्यून रहेको ।

५. बैंकले करिब ६०० भन्दा बढी म्यानपावर कम्पनीहरुलाई बैंक जमानत जारी गरिएको कारणले जोखिम व्यवस्थापनको सिद्धान्त अनुसार एउटै समूहको ग्राहक माथि जोखिम नलिई बढी भन्दा बढी ग्राहकहरुलाई जमानत जारी गरी Risk diversified गरी जोखिम व्यवस्थापन गरिएको र भविष्यमा केही ग्राहक माथि बैंकको दायित्व आइपरेता पनि बैंकको आर्थिक अवस्थालाई असर नपर्ने ।

६. बैंकले जमानत जारी गरिएका विभिन्न म्यानपावर कम्पनीहरुले बैदेशिक रोजगारीमा जाने व्यक्तिहरुबाट शुल्कका रुपमा संकलन गरिएको रकमहरुका सम्बन्धमा ती व्यक्तिहरुबाट बैदेशिक रोजगार विभागमा ठगी सम्बन्धी उजरी गर्न सक्ने र ती उजुरीहरु माथि छानबिन भई सही ठहरिएमा मात्रै बैंकले जारी गरिएको बैंक जमानतको दायित्व आउन सक्ने देखिएता पनि नेपाल सरकारको नियमानुसार ती शुल्क ठूलो रकमको नहुने भएकोले बैंकको दायित्व बैंकसंग रहेको नगद मार्जिन भित्रै सिमित हुने देखिन्छ । र बैंकले विगत १० वर्षबाट कारोबार गर्दै आएका म्यानपावर कम्पनीहरुलाई मात्रै बैंक जमानत जारी गरिएको हुनाले यस्तो दायित्व आइपर्ने समेत न्यून सम्भावना रहेको छ ।

७. बैंकले विगत १० वर्षबाट कारोबार गर्दै आएका म्यानपावर कम्पनीहरुलाई बैंक जमानत जारी गरिएको र यी म्यानपावर कम्पनीहरुको इजाजत पत्रको समेत आफ्नै किसिमको मुल्याकंन हुने भएको र बैंकमाथि आर्थिक दायित्व आइपरेमा यी व्यवसायीहरु कालोसूचीमा सुचिकृत हुन सक्ने एवं इजाजत पत्र समेत रद्द हुन सक्ने भएकोले बैंकमाथि कुनै प्रकारको दायित्व आउन नदिने देखिन्छ ।

८. बैंक माथि आर्थिक दायित्व आई सम्बन्धित ग्राहकको धितो एवं नगद मार्जिनबाट रकम असुल हुन नसकेको अवस्थामा बैंकसँग ऋणी असुलीका अन्य उपायहरु जस्तै: कालोसुचीमा राख्ने, ऋण असुली न्यायधिकारणमा मुद्दा दायर गरी अन्य सम्पत्तिहरु रोक्का गर्ने कार्यहरु गरिने ।


प्रतिक्रिया दिनुहोस्