प्रत्येक प्रदेशको कोषमा पाँच लाख सहयोग गर्ने नेपाल बैंकको घोषणा « Arthapath.com
१८ चैत्र २०७६, मंगलवार

प्रत्येक प्रदेशको कोषमा पाँच लाख सहयोग गर्ने नेपाल बैंकको घोषणा



काठमाडौं । नेपाल बैंक लिमिटेडले कोरोना भाइरस संक्रमण रोकथामका लागि प्रदेशसँगको हातेमालोअन्तर्गत प्रत्येक प्रदेशलाई पाँच लाखको दरले सहयोग गर्ने निर्णय गरेको छ। जसअन्तर्गत बागमती प्रदेशको नाममा उक्त रकम जम्मा गरिसकिएको बैंकले जनाएको छ।

बाँकी प्रदेशलाई पनि यस सहयोग रकम दिइँदै जाने ब‌ैंकका सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाशकुमार अधिकारले बताए। यसअघि संघीय सरकारले खडा गरेको कोरोना रोकथाम उपचार कोषमा एक करोड रुपैयाँ सहयोग गरिसकेको अधिकारीले जानकारी दिएका छन्। बैंकले यो सहयोग प्रदेश सरकारसँग हातेमालो गर्न संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत दिइएको जनाएको छ।

विश्वभरि कोरोनाको सन्त्रास र महामारी फैलिरहेको छ । यसबाट नेपाल अछुत रहन सकेको छैन । नेपालमा कोरोना भाईरस संक्रमण भएका पाँच जना रहेका छन । एक जना निको भएर घरमा छन भने अन्य चार जना उपचाररत रहेका छन ।

सरकारले कोरोना रोकथाम तथा नियन्त्रण गर्नको लागि लकडाउन जारि गरेको छ । यो लकडाउन चैत २५ गतेसम्म रहने छ भने आवश्यक परेमा थप गर्न सक्ने छ ।


प्रतिक्रिया दिनुहोस्