सिटिजन्स बैंकको ७ लाख र कृषि विकास बैंकको ५ लाख सहयोग « Arthapath.com
१९ चैत्र २०७६, बुधबार

सिटिजन्स बैंकको ७ लाख र कृषि विकास बैंकको ५ लाख सहयोग



काठमाडौं । विश्वभरि कोरोनाको सन्त्रास र महामारी फैलिरहेको छ । यसबाट नेपाल अछुत रहन सकेको छैन । नेपालमा कोरोना भाईरस संक्रमण भएका पाँच जना रहेका छन । एक जना निको भएर घरमा छन भने अन्य चार जना उपचाररत रहेका छन ।

सरकारले कोरोना रोकथाम तथा नियन्त्रण गर्नको लागि लकडाउन जारि गरेको छ । तिन तहका सरकारले कोरोना रोकथाम तथा नियन्त्रण गर्नका लागि राहत कोष पनि स्थानिा गरेका छन ।

त्यस्तै कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण र सहयोगका लागि प्रदेश नं २ सरकारद्वारा स्थापना गरिएको राहत कोषमा सिटिजन्स बैंक र कृषि विकास बैंकले रकम जम्मा गरेका छन् ।

सिटिजन्स बैंक प्रादेशिक कार्यालयले रु सात लाख र कृषि विकास बैंकले रु पाँच ५ लाख राहत कोषमा जम्मा गरेका हुन् । मुख्यमन्त्री लालबाबु राउतलाई दुवै बैंकका प्रतिनिधिले चेक हस्तान्तरण गर्नुभएको मुख्यमन्त्री सचिवालयले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्