कुमारी बैंकको ७० लाख रुपैयाँ सहयोग, एउटा प्रदेशलाई १० लाख « Arthapath.com
१९ चैत्र २०७६, बुधबार

कुमारी बैंकको ७० लाख रुपैयाँ सहयोग, एउटा प्रदेशलाई १० लाख



काठमाडौं । कुमारी बैंकले कोरोना नियन्त्रण तथा रोकथाम गर्न राष्ट्रिय राहत कोषमा ७० लाख रुपैयाँ सहयोग गरेको छ । एउटा प्रदेशलाई १० लाखकका दरले कुमारी बैंकले ७० लाख रुपैयाँ घोषणा गरेको हो ।

संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत बैंकले प्रत्येक प्रदेश सरकारको कोषमा १० लाख रुपैयाँका दरले जम्मा हुने गरी सहयोग उपलब्ध गराएको बताएको छ ।

यस सहयोग मार्फत कोरोना भाइरस रोकथामका साथै न्यून आम्दानी भएका अति विपन्न, सीमान्तकृत परिवारलाई दैनिक उपभोग्य सामग्री आर्जनका निम्ति सदुपयोग हुनेमा बैंकले विश्वास लिएको छ । बैंकका तर्फबाट चैत १८ गते मंगलबार गण्डकी प्रदेश प्रमुख नवीन राज पौडेलले यस प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङलाई १० लाख रुपैयाँ रकम हस्तान्तरण गर्दै सहयोग प्रक्रिया शुभारम्भ भएको बैंकले जानकारी गराएको छ ।


प्रतिक्रिया दिनुहोस्