कोरोना रोकथाम कोषलाई गरिमा विकास बैंकको ३५ लाख सहयोग

काठमाडौं । गरिमा विकास बैंकले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि राहत कोषलाई ३५ लाख सहयोग गर्ने भएको छ ।
कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि सातै प्रदेशका राहत कोषलाई पाँच-पाँच लाख सहयोग गर्ने भएको छ । विश्वभर फैलिएको कोरोना भाइरसले प्रभावित पारिरहेको घडीमा सरकारालाई साथ दिनुपर्ने भन्दै सो बैंकले उक्त रकम सहयोग गर्ने निर्णय गरेको हो ।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सातै प्रदेशका सरकारले स्थापना गरेको कोरोना रोकथाम तथा नियन्त्रण कोषमा आर्थिक सहयोग गर्ने निर्णय गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालद्धारा जारी विज्ञप्तिमा जनाइएको छ ।