राष्ट्रिय वाणिज्य बैंकद्वारा कोरोना नियन्त्रण कोषमा डेढ करोड सहयोग « Arthapath.com
१९ चैत्र २०७६, बुधबार

राष्ट्रिय वाणिज्य बैंकद्वारा कोरोना नियन्त्रण कोषमा डेढ करोड सहयोग



काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले कोरोना उपचारका लागि एक करोड ५० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ।

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विश्वव्यापी महामारी रुपमा फैलिएको कोरोना भाइरस ९कोभिड–१९० को संक्रमणलाई फैलिन नदिन तथा सो को रोकथाम एवम् नियन्त्रणको लागि नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयद्धारा स्थापना गरिएको कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचार कोषमा सो रकम प्रदान गरेको हो।

राष्ट्रिय वाणिज्य बैंकको शाखा कार्यालय सिंहदरबार परिसरमा रहेको कोषको खाता नम्बर १९६०००००११०१ मा सो रकम जम्मा गरिएको हो।

लकडाउनको यस विषम परिस्थितिमा पनि बैंकले आफ्ना ग्राहकहरुलाई देशव्यापी एटिएम सेवा, नगद काउन्टर, रेमिट्यान्स, क्लियरिङ्ग, एलसी लगायत बैंकिङ्ग सेवा प्रदान गर्दै आएकोे छ। बैंकले २०७७ आषाढ मसान्तसम्मको लागि जुनसुकै बैंकको एटीएम कार्ड प्रयोग गर्दा ग्राहकलाई शुल्क नलाग्ने, मोवाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग आदिमा समेत शुल्क नलाग्ने व्यवस्था गरेको छ।

सातैवटा प्रदेश सरकारद्धारा कोरोना भाइरसको रोकथाम, नियन्त्रण तथा उपचारको लागि रकम जम्मा गर्न राष्ट्रिय वाणिज्य बैंकको विभिन्न शाखा कार्यालयहरुमा कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचार कोष खाताहरु खोलिएका छन्। यी खाताहरुमा कन्नेक्ट आईपीएस, मोवाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग लगायत विद्युतिय माध्यमबाट पनि रकम जम्मा गर्न सकिने बैंकले जनाएको छ।

सातवटै प्रदेशमा रहेका खाता नं बैंकले सार्वजनिक पनि गरेको छ।


प्रतिक्रिया दिनुहोस्