अन्य बैंकभन्दा धेरै प्राईम बैंकले गर्यो कोरोनाविरुद्ध पौने दुई करोड सहयोग « Arthapath.com
२१ चैत्र २०७६, शुक्रबार

अन्य बैंकभन्दा धेरै प्राईम बैंकले गर्यो कोरोनाविरुद्ध पौने दुई करोड सहयोग



काठमाडौं । विश्वभरि महामारीका रुपमा फैलिरहेको कोरोना भाईरस रोकथाम तथा नियन्त्रणका दालि बैंकहरुमा सबैभन्दा बढि रकम प्राईम कमर्सियल बैंकले सहयोग गरेको छ । नेपालमा रहेका बैंकहरुमध्ये प्राइम कमर्सियल बैंकले कोरोना नियन्त्रण कोषमा एक करोड पच्चहत्तर लाख रुपैयाँ सहयोग गरेको छ । अन्य बैंकभन्दा धेरै रकम सहयोग गर्नेमा प्राईम बैंक रहेको छ ।

तीन साता अघि कैलाश विकास बैंकलाई गाभेर देशको ठूलो बैंक सावित गरेको प्राईम कमर्सियल बैंकले यति ठूलो रकम सहयोग गरेको हो । साथै बैंकले लकडाउनको समयमा पनि देशका विभिन्न स्थानहरुमा रहेको शाखाहरुबाट पनि आफ्नो कारोवार सुचारु गरिरहेको छ । बैंकले अन्य बैंकको भन्दा धेरै शाखाबाट ग्राहकहरुलाई सेवा दिईरहेको बैंकका सिइयो नारायणदाश मानन्धरले बताए ।

अर्थमन्त्री डाक्टर युवराज खतिवडाद्धारा आयोजित एक कार्यक्रमकाविच बैंकले कोरोना विरुद्ध ठुलो रकम कोषमा जम्मा गर्ने घोषणा गरेको हो ।

लक डाउनका समयमा पनि बैंकले आफना सवै शाखाबाट सहज सेवा दिइरहेको छ । मुलुकमा आईपर्ने विपत्तिका समयमा बैंकले विगतमा पनि आर्थिक सहयोग गर्दै आएको छ ।


प्रतिक्रिया दिनुहोस्