२२ बाणिज्य बैंकहरुको २५ करोड ४० लाख सहयोग

काठमाडौं । नेपाल सरकारले स्थापना गरेको कोरोना रोकथाम तथा उपचार कोषमा विभिन्न कमर्सियल २२ बैंकहरुको साढे २५ करोडभन्दा बढि रकम सहयोग गरेका छन ।
कोरोना उपचार कोषमा २२ वटा वाणिज्य बैंकहरुले २५ करोड ४० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका हुन । नेपालमा रहेका २७ वटा वाणिज्य बैंकमध्ये २२ वटाले सामाजिक उत्तरदायित्वअन्तर्गत सहेयाग गरेका हुन ।
बाँकि रहेका पाँच बैंकहरुले पनि सहयोग गर्ने प्रतिवद्धता जनाएका छन तर घोषणा भने गरेका छैनन् ।

