कोरोना विरुद्ध लक्ष्मी बैंकले एक प्रदेशलाई १० लाख सहित १ करोड सहयोग गर्ने « Arthapath.com
२१ जेष्ठ २०८३, बिहिबार

कोरोना विरुद्ध लक्ष्मी बैंकले एक प्रदेशलाई १० लाख सहित १ करोड सहयोग गर्ने



काठमाडौं । विश्वभरि फैलिरहेको कोरोना नेपालमा रोकथाम तथा नियन्त्रणका लागि लक्ष्मी बैंकले आर्थिक सहयोग गरेको छ । लक्ष्मी विकास बैंकले कोभिड –१९ को महामारीकोे नियन्त्रण तथा प्रभावितहरुलाई राहत दिन १ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।

बैंकले ३० लाख रुपैयाँ नेपाल सरकारले स्थापना गरेको कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा तथा बाँकी ७० लाख सातैवटा प्रदेशमा सम्बन्धित प्रदेश सरकारले स्थापना गरेको कोषमा १०–१० लाख सहयोग गर्ने बताएको छ । सामाजिक उत्तरदायीत्वअन्तर्गत बैंकले सहयोग गरेको हो । बैंकले यस्ता सामाजिक कार्यमा सहयोग निरन्तर रहने बताएको छ ।


प्रतिक्रिया दिनुहोस्