कोभिड–१९ विरुद्ध नेपाल एसबीआई बैंकले दियो १ करोड रुपैयाँ « Arthapath.com
२३ चैत्र २०७६, आईतवार

कोभिड–१९ विरुद्ध नेपाल एसबीआई बैंकले दियो १ करोड रुपैयाँ



काठमाडौं । कोरोना भाईरस विरुद्ध नेपाल एसबीआई बैंकले एक करोड रुपैयाँ आर्थिक सहयोग गरेको छ । चिनबाट शुरु भएको कोरोना भाईरसले विश्वव्यापी रुपमा फैलिएपछि यसको संक्रमण नेपालमा पनि पर्न सक्ने भएकाले यसबाट बच्न नेपाल एसबीआई बैंकले कोभिड–१९ महामारीको रोकथाम तथा नियन्त्रणको निम्ति कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष र कोरोनाबाट प्रभावितको सहयोगका लागि १ करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको जनाएको छ ।

उक्त रकममध्ये ५० लाख रुपैयाँ केन्द्रीय सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा र प्रत्येक प्रदेश सरकारको कोषमा ५ लाख रुपैयाँ सहयोग गर्नेछ । यसका साथै बाँकीको १५ लाख रुपैयाँ बैंकले कोभिड–१९ को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि देशका विभिन्न स्थानमा खर्च गरिने पनि बंैकले जनाएको छ ।

कोरोना विरुद्ध लक्ष्मी बैंकले एक प्रदेशलाई १० लाख सहित १ करोड सहयोग गर्ने


प्रतिक्रिया दिनुहोस्