२२ बाणिज्य बैंकको साढे २५ करोड, सबैभन्दा धेरै प्राईम बैंकले गर्यो पौने दुई करोड सहयोग (कुन बैंकको कति) « Arthapath.com
२३ चैत्र २०७६, आईतवार

२२ बाणिज्य बैंकको साढे २५ करोड, सबैभन्दा धेरै प्राईम बैंकले गर्यो पौने दुई करोड सहयोग (कुन बैंकको कति)



काठमाडौं । २२ वटा बाणिज्य बैंकहरुले कोरोना उपचार कोषमा २५ करोड ४० लाख रुपैयाँ सहयोग गरेका छन् । नेपाल बैंकर्स संघका अनुसार बाणिज्य बैंकहरुले संघीय सरकार र प्रदेश सरकारहरुले स्थापना गरेका कोरोना रोकथाम सम्बन्धी कोषहरुमा सहयोग गरेका हुन् ।

आईतवारसम्म सबैभन्दा धेरै रकम सहयोग गर्नेमा प्राईम कमर्सियल बैंक रहेको छ । यस बैंकले कोरोना कोषमा १ करोड ७५ लाख रुपैयाँ सहयोग गरेको हो । त्यस्तै दोस्रोमा सानीमा बैंकले १ करोड ६८ लाख रुपैयाँ आर्थिक सहयोग गरेको हो । तेस्रोमा कृषि विकास बैंकको १ करोड ६० लाख रुपैयाँ सहयोग गरेको हो ।

अन्य पाँच बैंकहरुले भने हालसम्म रकम सहयोग गरेका छैनन् । सहयोग नगर्ने बैंकहरुमा एनआईशी एशिया बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक, एभरेष्ट बैंक, नबिल बैंक, सनराइज बैंक रहेका छन् ।

सबैभन्दा कम रकम सहयोग गर्नेमा सिटिजन बंैकले ५० लाख सहयोग गरेको हो । त्यस्तै कुमारी बैंकले ७० लाख, शिद्धार्थ र सेञ्चुरी बैंकले ८५ लाख रुपैयाँ सहयोग गरेका छन ।
कुन बैंकले कति सहयोग गरे?

चिनको वुहान शहरबाट शुरु भएको कोरोना भाईरस (कोभिड–१९) हाल विश्वमा नै फैलिरहेको छ । यो रोगको विश्वभरिमा संक्रमित १० लाख ५७ हजार रहेका छन् भने निको भएर घर फर्किएका २ लाख ४६ हजार १७४ छन । कोरोनाबाट मृत्यु हुनेको संख्या ५७ हजार २०६ रहेको छ ।

नेपालमा पनि यो रोगको संक्रमण दर उच्च रहेको छ । उपत्यका बाहिर सात ठाउँमा कोरोना उपचार केन्द्रबाट परिक्षण भईरहेको छ ।


प्रतिक्रिया दिनुहोस्