सेञ्चुरी बैंकले सोमबार देशभरिका यी शाखाहरु सञ्चालन गर्ने « Arthapath.com
२३ चैत्र २०७६, आईतवार

सेञ्चुरी बैंकले सोमबार देशभरिका यी शाखाहरु सञ्चालन गर्ने



काठमाडौं । चिनको वुहान शहरबाट शुरु भएको कोरोना भाईरस (कोभिड–१९) हाल विश्वमा नै फैलिरहेको छ । यो रोगको विश्वभरिमा संक्रमित १० लाख ५७ हजारभन्दा बढि रहेका छन् भने निको भएर घर फर्किएका २ लाख ४६ हजार १७४ छन । कोरोनाबाट मृत्यु हुनेको संख्या ५७ हजार २०६ रहेको छ ।

नेपालमा पनि यो रोगको संक्रमण दर उच्च रहेको छ । उपत्यका बाहिर सात ठाउँमा कोरोना उपचार केन्द्रबाट परिक्षण भईरहेको छ । नेपालमा नौ जनामा कोरोना संक्रमण देखिएको छ । एक जना निको भएर होम क्वारेन्टाईनमा छन भने अन्य आठ जनाको आईसोलेशनमा उपचार भईरहेको छ ।

सरकारले कोरोना संक्रमण बृद्धि हुन नदिनको लागि लकडाउन जारी राखेको छ । सरकारले अत्याश्यक कार्यालय बाहेक अन्य कार्यालय खुला नगर्न आग्रह गरेको छ । तर बैंकहरुलारुलाई आवश्यक सुरक्षा अपनाएर बैंक सञ्चालन गर्न भने दिएको छ । लकडाउनमा सेञ्चुरी बैंकले देशभरिका विभिन्न शाखाहरु सञ्चालन गर्ने भएको छ । सबै प्रदेशका विभिन्न शाखाहरु सुचारु गर्ने बैंकले जानकारी दिएको छ । सेञ्चुरी बैंकले सोमवार करिव देशभरिका ४० बढि शाखा सञ्चालन गर्ने जनाएको छ । ११ बजेदेखी १ बजेसम्म शाखा खुला रहने बैंकले जानकारी दिएको छ ।

https://www.centurybank.com.np/main/uploads/doc/Final_Branch_Contact_List9.pdf


प्रतिक्रिया दिनुहोस्