यस्तो रह्यो १६ औँ गभर्नर अधिकारीको पदभार ग्रहण (भिडिया सहित) « Arthapath.com
२५ चैत्र २०७६, मंगलवार

यस्तो रह्यो १६ औँ गभर्नर अधिकारीको पदभार ग्रहण (भिडिया सहित)



काठमाडौं । नवनियुक्त गभर्नर महाप्रसाद अधिकारीले मंगलवार पदभार सम्हालेका छन । उनले सर्वाेच्च अदालतमा प्रधानन्यायधीश चोलेन्द्र सम्सेर राणाद्धारा नेपार राष्ट्र बैंकको गभर्नर पदको सपथ खाएपछि मंगलवार नै पदवहाली गरेका हुन । उनले ११ बजेर ३८ मिनेटमा कार्यभार सम्हालेका हुन ।

मंगलबार ११ बजे प्रधानन्यायधिस चोलेन्द्र शमसेर राणासंग सपथ लिएर सोझै राष्ट्र बैंक पुगेका अधिकारीका अधिकांस पुराना दौतरी हर्सित मुद्रामा थिए । राष्ट्र बैंकको आँगनमा प्रत्येक २ मिटरको दुरीमा कुर्सि राखिएका थिए भने सानो मञ्च पनि बनाइएको थियो ।

विहान ११ बजेर ३८ मिनेटमा पदभार ग्रहण गरेका अधिकारीलाई स्वागत गर्न अधिकांस कर्मचारी राष्ट्र बैंक बाहिर गेटमै ११ बजेदेखिनै तैनाथ थिए । गभर्नरको कार्यकक्षमा पुगेर ‘कोरोना भाइरसको कारण नेपाली अर्थतन्त्रमा पर्न सक्ने प्रभार र आवश्यक नीतिगत प्रकृयाको बारेमा अध्ययान गर्न समिति गठन’ गर्ने निर्णयमा हस्ताक्षर गरेर पद बहाली गरेका अधिकारीले सबैलाई मुलुकको हितमा सरकारको पक्षमा काम गर्न निर्देशनसमेत दिए ।


प्रतिक्रिया दिनुहोस्