महालक्ष्मी बैंकद्वारा खाद्यान्न सहयोग « Arthapath.com
२६ असार २०८२, बिहीबार

महालक्ष्मी बैंकद्वारा खाद्यान्न सहयोग



काठमाडौं । विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण सरकारले गत चैत्र ११ गतेदेखि देशैभरी गरेको लकडाउनका कारण दैनिक ज्याला मजदुरी गरेर जीविको पार्जन गर्दै आएका श्रमीकहरुलाई राहत स्वरुप महालक्ष्मी विकास बैंकले रु. चार लाख बराबरको खाद्यान्न सामाग्री महानागरीय प्रहरी कार्यालय रानीपोखरीलाई हस्तान्तरण गरेको छ ।

उक्त खाद्यान्न बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले प्रहरी नायव महानिरिक्षक विश्वराज पोखरेललाई हस्तान्तरण गर्नु भएको थियो । बैंकले प्रदान गरेको उक्त सहयोगले यस असहज परिस्थितिमा श्रमीकहरुलाई जीवनयापन गर्न मद्दत पुग्ने विश्वास बंैकले लिएको छ । बैंकले यस विषम परिस्थितिमा सम्पुर्ण जनतालाई घरभित्रै बसेर कोरोना संक्रमणबाट आफु बच्न र अरुलाई पनि बचाउन अनुरोध गरेको छ ।


प्रतिक्रिया दिनुहोस्