असार ३२ गतेसम्म देशभर यामाहाकाे एक्सचेञ्ज अफर
काठमाडौं । यामाहा नेपालले आफ्नो गौरवमय ७०औँ वार्षिकोत्सवको अवसरमा देशभरका राइडरहरूका लागि विशेष राष्ट्रव्यापी एक्सचेन्ज इभेन्टको घोषणा गरेको छ ।
‘साधारणबाट लिजेन्डरीमा’ अपग्रेड हुने अवसरस्वरूप आयोजित यो कार्यक्रम असार २५ देखि ३२ गतेसम्म नेपालभरका सबै यामाहा सोरूमहरूमा सञ्चालन हुनेछ ।
यस अवसरमा ग्राहकहरूले यामाहा बाइक वा स्कुटरमा पुरानो सवारी साटेर सात हजारसम्मको नगद छुट पाउन सक्नेछन् । साथै, ७.९९ प्रतिशत ब्याजदरमा आकर्षक ईएमआई सुविधा उपलब्ध हुनेछ, जसले नयाँ यामाहा किन्नलाई अझ सजिलो र सहज बनाउने कम्पनीले जनाएको छ ।
कार्यक्रममा थप आकर्षक अफरहरू पनि समावेश छन् । कुनै पनि ब्रान्डको पुरानो बाइक वा स्कुटरमा न्यूनतम २५ हजारको मूल्यांकन, अतिरिक्त १० हजारसम्मको भ्यालुएसन बोनस, केही निश्चित मोडेलमा शून्य ब्याजदरमा ईएमआई सुविधा, लचिलो फाइनान्स योजना र दुई वर्षसम्म करमुक्त र झन्झटमुक्त राइडिङको सुविधा पनि पाउन सकिन्छ ।
यामाहा नेपालका कार्यकारी निर्देशक तथा सीईओ दीपककुमार अग्रवालले भने, “यामाहाको ७०औँ वार्षिकोत्सव केवल समयको होइन, यो विश्वास, प्रविधि र रूपान्तरणको उत्सव हो । नेपालमा यामाहा सधैँभरी पर्फर्मेन्स, भरोसा र इनोभेसनको अर्थ बुझ्ने राइडरहरूको रोजाइको ब्रान्ड बन्दै आएको छ । यो राष्ट्रव्यापी एक्सचेन्ज क्याम्पेनमार्फत हामी ग्राहकलाई यामाहाको यो लिजेन्डरी यात्राको हिस्सा बन्ने अवसर दिइरहेका छौँ ।”












