कोरोना रोकथामका लागि नेपाल बैंकले दियो ५ लाख « Arthapath.com
२६ चैत्र २०७६, बुधबार

कोरोना रोकथामका लागि नेपाल बैंकले दियो ५ लाख



हेटौंडा । बागमती प्रदेश कोरोना भाईरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा नेपाल बैंकले ५ लाख रकम सहयोग गरेको छ ।

बैंकका हेटौंडा शाखा प्रमुख यामनाथ दाहालले बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेललाई सहयोग रकमको चेक हस्तान्तरण गर्नुभएको हो ।

बिश्वव्यापी रुपमा फैलिएको भाईरस नियन्त्रणमा सरकारले गर्न लागेको काममा सहयोग गर्न रकम हस्तान्तरण गरिएको बैंकका शाखा प्रमुख दाहालले बताउनुभएको छ ।

बैंकले गरेको सहयोग प्रति धन्यवाद दिदै सरकार एक्लैले मात्र चाहेर नहुने भन्दै उहाले विभिन्न संघ सस्था, व्यक्तिलगायत सबैले सहयोग गर्न जरुरी रहेको बताउनुभयो । बैङ्किङ क्षेत्र अत्यावश्यक सेवा क्षेत्र रहेकोले आबश्यक्ता अनुसार सुरक्षा अपनाएर सेवा प्रवाह गरीरहन सुझाव दिनुभयो ।


प्रतिक्रिया दिनुहोस्