सनराइज बैंकद्धारा धौलागिरी र पर्वत अस्पतालमा पीपीई हस्तान्तरण « Arthapath.com
१४ बैशाख २०७७, आईतवार

सनराइज बैंकद्धारा धौलागिरी र पर्वत अस्पतालमा पीपीई हस्तान्तरण



काठमाडौं । हाल संसारभर कोरोना भाइरस (कोभिड–१९) महामारी फौलिएर त्यसको जोखिम बढेको हुदाँ देशभरका विभिन्न अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुका लागि सनराइज बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत व्यक्तिगत सुरक्षात्मक उपकरण पीपीई हस्तान्तरण गर्दै आएको छ ।

यसै अन्तर्गत बैंकले पर्वत अस्पताल र धौलागिरी अस्पतालमा व्यक्तिगत सुरक्षात्मक उपकरण पीपीई जम्मा २५ थान हस्तान्तरण गरेको छ । उक्त सामाग्री धौलागिरी अस्पतालका मेडिकल सुपरिटेन्डेन डा. शैलेन्द्र बिक र पर्वतमा पर्वत अस्पताल विकास समितिका अध्यक्ष गोविन्द पहाडी र मेडिकल सुपरिटेन्डेन डा. शिशिर देवकोटालाई हस्तान्तरण गरिएको हो ।

हालसम्म सनराइज बैंकले देशभरका विभिन्न अस्पतालमा ५५० वटा भन्दा बढी व्यक्तिगत सुरक्षात्मक उपकरण पीपीई उपलब्ध गराई सकेको छ र अन्य ठाउ‘हरुमा समेत उपलब्ध गराउदै जाने जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्