ज्योति बैंकद्धारा २ लाख रूपैयाँ आर्थिक सहयोग « Arthapath.com
७ जेष्ठ २०७७, बुधबार

ज्योति बैंकद्धारा २ लाख रूपैयाँ आर्थिक सहयोग



काठमाडौं । ज्योति विकास बैंकले हेल्थ फाउण्डेसन नेपालसँग बुधबार २ लाख रूपैयाँ बराबरको आर्थिक सहायता सहितको सहकार्य गर्ने सहमति गरेको छ । बैंकले सामाजिक उत्तरदायित्वको लागि सिर्जना गरेको हाम्रो विकास प्रवद्र्धन कोष मार्फत एचएफएनलाई कोरोना विरुद्धको लडाइँमा संस्थाको एन ९५ युभिजिआई डिकन्ट्यामिनेसन प्रोजेक्टको लागि सहयोग गरेको हो ।

एचएफएनको एन ९५ डिकन्ट्यामिनेसन प्रोजेक्ट अन्तर्गतको युभिजिआई प्रविधिले वर्तमान स्थितिमा स्वास्थ्यकर्मीहरुले प्रयोग गर्ने एन ९५ मास्क र पीपीईलाई पुन प्रयोग गर्न मिल्ने गरि जीवाणु रहित बनाउँदछ। सो प्रविधि अन्तर्गत प्राविधिक रुपमा उपयुक्त डिकन्ट्यामिनेसन तरिका अपनाइएमा अल्ट्रा भाइलेट प्रकाशको प्रयोगले एउटै एन ९५ मास्कलाई पनि कम्तिमा ५ पटकसम्म सुरक्षित तरिकाले पुन प्रयोग गर्न मिल्ने तथ्यहरुले देखाएको छ ।


प्रतिक्रिया दिनुहोस्