साताको अन्तिम दिन पनि दोहोरो अंकले घट्याे सेयर बजार, २७५५ बिन्दुमा झर्‍यो नेप्से « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

साताको अन्तिम दिन पनि दोहोरो अंकले घट्याे सेयर बजार, २७५५ बिन्दुमा झर्‍यो नेप्से



काठमाडाैं । साताकाे अन्तिम काराेबार दिन पनि सेयर बजारमा दाेहाेराे अंककाे गिरावट आएको छ।

हिजाे १३.४६ अंकले घटेकाे सेयर बजार आज पनि ११.३७ अंकले बढेर २७ सय ५५ दशमलव ४१ बिन्दुमा झरेकाे छ।

नेप्सेसँगै काराेबार रकम पनि घटेकाे छ। आज ३५१ कम्पनीकाे १ कराेड २७ लाख ३२ हजार ८६८ कित्ता सेयर खरिदबिक्रि हुँदा ५ अर्ब ६२ कराेड ५६ लाख ११ हजार रूपैयाँकाे काराेबार भएकाे छ।

हिजाे ३५३ वटा कम्पनीका १ करोड ६ लाख कित्ता शेयर ४ अर्ब ७० करोड रुपैयाँमा किनबेच भएको थियाे ।

आज ४७ वटा कम्पनीकाे सेयर मूल्य बढेकाेमा १८४ वटा कम्पनीकाे सेयर मूल्य घटेकाे छ भने ११ कम्पनीकाे सेयर मूल्य स्थिर रहेकाे छ।

समग्र बजार घटेकाे दिन फाइनान्स समुहकाे उपसूचक २.७७ प्रतिशत बढेकाे छ। यस्तै म्युच्युअल फण्ड २.२७, निर्जीवन बीमा ०.०६ र हाेटल तथा पर्यटन ०.०५ प्रतिशत बढेकाे छभने बाँकी सबै समुहका उपसूचक घटेका छन्।

आज कालिञ्चाेक हाइड्राेपावरकाे सेयर मूल्य १५ प्रतिशत बढेकाे छ ।


प्रतिक्रिया दिनुहोस्