महालक्ष्मी विकास बेैंकद्वारा विद्यालयमा शौचालय निर्माणका लागि सहयोग « Arthapath.com
३२ जेष्ठ २०७७, आईतवार

महालक्ष्मी विकास बेैंकद्वारा विद्यालयमा शौचालय निर्माणका लागि सहयोग



काठमाडौं । महालक्ष्मी विकास बैंकले विद्यालयमा महिलामैत्रि शौचालय निर्माणका लागी आर्थिक सहयोग गरेको छ ।

बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत भैरहवा र नारायणगढ शाखाले क्रमश. रुपन्देहीको सिद्घार्थनगर नगरपालिका वडा न. ९ मा अवस्थित भानु माध्यामिक विद्यालयमा र चितवनको भरतपुर महानगरपालिका वडा न. ११ मा अवस्थित जखडीमाई राष्ट्रिय आधारभूत विद्यालयमा निर्माण गर्न लागिएको महिला मैत्री शौचालयका लागि एक लाख पचास हजार रुपैयाका दरले तीन लाख रुपैयाको आर्थिक सहयोग प्रदान गरेका छ ।

विहिबार भानु माध्यामिक विद्यालयको प्राङगणमा सम्पन्न एक कार्यक्रमका बीच बैंकका सञ्चालक समितिका सदस्य राहुल अग्रवाल र रोटरी क्लब अफ लुम्बिनी सिद्घार्थनगरका अध्यक्ष ठाकुर कुमार श्रेष्ठलाई एक लाख पचास हजार रकमको चेक हस्तान्तरण गरे ।

त्यसैगरी बैंकले शुक्रबार नारायणगढ शाखा कार्यालयमा सम्पन्न एक कार्यक्रमका बीच शाखाका प्रबन्धक वीरेन्द«कुमार चौधरीले रोटरी क्लब अफ भरतपुरका अध्यक्ष सुरेशसेन ठकुरीलाई एक लाख पचास हजार रकमको चेक हस्तान्तरण गरे ।

देशका शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा १०२ वटा शाखा तथा ३५ वटा एटिएमहरुमार्फत सेवा प्रदान गरिरहेको बैंकले आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्व अन्तर्गत अझै प्रभावकारी कार्यक्रमहरु गर्दै जाने प्रतिबद्घता जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्