ब्याज छुटको सरकारी नीतिले बैंकहरु खतरामा :लगानी बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत राधेश पन्त « Arthapath.com
८ असार २०७७, सोमबार

ब्याज छुटको सरकारी नीतिले बैंकहरु खतरामा :लगानी बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत राधेश पन्त




काठमाडौं । नेपाल आर्थिक पत्रकार समाज सेजनले मौद्रिक नीतिमा निजी क्षेत्रका के कस्ता विषयहरु समावेस हुनुपर्छ भन्ने बारेमा अन्तरक्रिया कार्यक्रम गरेको छ ।

अन्तरक्रिया कार्यक्रममा नेपाल बैंकर्स संघका पूर्वअध्यक्षसमेत रहेका लगानी बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत राधेश पन्तले बैंक तथा वित्तीय संस्थाले ६ महिना बैंकको ब्याजमा छुट दिएमा बैंकिङ क्षेत्रमा ठुलो आर्थीक समस्या उत्पनन हुन सक्ने बताएका छन ।

पन्तले बैंकलाई आर्थीक समस्या परेका त्यसको असर निजी क्षेत्रमा पनी देखिने बताएका छन ।
यस्तो गम्भीर विषयमा निणर्य गर्दा सबै एकै ठाँउमा बसेर अध्ययन गरेर निर्याय लिन आवश्यक रहेको पन्तले बताएका छन ।

उनले बैंकको ब्याजमा छुट भन्दा पनी निजी क्षेत्रलाई राहत दिनको लागी सरकारले विशेष योजना ल्याउनुपर्ने बताएका छन ।


प्रतिक्रिया दिनुहोस्