बोर्डसंग कुरा नमिलेपछि ८ महिना बाँकी छदैं कुँवरले दिए ग्लोबल आइएमई बैंकबाट राजीनामा « Arthapath.com
२५ असार २०७७, बिहीबार

बोर्डसंग कुरा नमिलेपछि ८ महिना बाँकी छदैं कुँवरले दिए ग्लोबल आइएमई बैंकबाट राजीनामा



काठमाडौं । ग्लोवल आईएमई बैंकका सिईओ परसुराम कुँवर क्षेत्रीले राजिनामा दिएका छन । गत पुषमा जनता बैंकलाई ग्लोवलमा मर्ज गराएर बाँकी रहेको डेढ वर्ष सिईओ सम्हाल्ने बताएका सिईओ क्षेत्रीले अकस्मात राजिनामा दिएका छन ।

क्षेत्रीले आफ्नो बैंकिङ करिअरको अन्तिम अवसर भएकाले पुरै कार्यकाल सिईओ भएर विदा हुने बताएका थिए । तर दुई ठुला बैंक मर्ज भएप्रश्चात पुराना ग्लोवलका धेरै सिनियर कर्मचारीले बैंक छाड्नुपरेपछि अन्तत कुँवर आफैले राजिनामा दिएका छन ।

जनता बैंकको सिईओ रहेका कुँवर ग्लोवल आइएमई बैंकमा आउँदा पनि सोही ट्रमलाई कन्टीन्यू गरेर काम गर्ने बताएका थिए । कुँवर आएपछि पुराना ग्लोवलका हस्तीहरुले भटाभट बैंक छाडेका थिए ।

प्रोफेसनल बैंकरको परिचय बनाएका कुँवर एक रत्ती पनि झुक्न नचाहने व्यक्ति हुन । उनि ग्लोवल बैंक ज्वाइन गर्दानै धेरैले टिक्न सक्दैनन् भन्ने दृष्टान्त सावित गर्दै कुँवरले लकडाउनकै विचमा राजिनामा गरेका छन ।

पछिल्लो समय बोर्डसँग टकाराव परेकाले कुँवरले राजिनामा गरेका हुन । बैंक मर्ज हुँदा १५ महिनालाई सिईओ नियुक्त भएका कुँवर अझै ८ महिना बाँकी हुदै बैंक छाडेका हुन ।
कुवँरले आगामी साउन १ गतेदेखी लागुहुनेगरी राजिनामा स्र्वकीत भैसकेको छ । बैंकले सिनियर डेपुटी सीइओ महेश ढकाललाई कामु दिएको छ ।


प्रतिक्रिया दिनुहोस्