मैद्रिक नीति : फोर्स मर्जर नआउने पक्का, स्वेच्छिक जानेलाई इन्सेन्टिभ थपिने « Arthapath.com
२ श्रावण २०७७, शुक्रबार

मैद्रिक नीति : फोर्स मर्जर नआउने पक्का, स्वेच्छिक जानेलाई इन्सेन्टिभ थपिने



काठमाडौं । नेपाल राष्ट्र बैंकको सञ्चालक समितिले चालू आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीतिको खाका पारित गरेको छ । आजै दिउँसो ३ बजे मौद्रिक नीति सार्वजनिक हुने राष्ट्र बैंकलले जनाएको छ ।

नयाँ मौद्रिक नीतिले लकडाउनका कारण समस्यामा परेका व्यवसायिलाई राहत दिने राष्ट्र बैंक स्रोतले बताएको छ । समस्यामा परेका ऋणिलाई ६ महिनादेखि एक वर्षसम्म किस्ता वा ब्याज तिर्ने सय थप गर्ने व्यवस्था नयाँ मौद्रिक नीतिमा अघि सारिएको छ ।

त्यस्तै ब्याजको पूँजीकरण गर्ने र व्यवसायिलाई नगद प्रवाह बढाउन ब्याजको पूँजीकरण गर्ने विषय पनि मौद्रिक नीतिमा समेटिएको छ ।

राष्ट्र बैंकले ग्रामीण क्षेत्रका साना उद्यमीहरुलाई पुनरकर्जा दिएर उद्धार गर्ने योजना अघि बढाएको छ । यद्यपि, त्यस्ता योजनाको कार्यान्वयनमा भने समस्या हुनसक्छन् ।

मैद्रिक नीतिमा घरजग्गा, सवारीसाधन र सेयर किन्न धितो र कर्जा सीमाको अनुपात (एलटीभी रेसियो) समेत बढाउने गरी मौद्रिक नीति ल्याउन लागेको स्रोतले जानकारी दिएको छ । अहिले घरजग्गा र अटो बजार मन्दीमा रहेको र सेयर बजार समेत वियरिश प्रबृत्तीमै रहेका कारण लगानी प्रोत्साहित गर्ने नीति अघि सार्न राष्ट्र बैंक तयार भएको हो ।

तर धेरैले अपेक्षा गरेजस्तो बैंक तथा वित्तीय संस्थालाई जबरजस्ति (फोर्स) मर्जर गर्ने नीति भने नल्याउने बुझिएको छ । गत सालभन्दा मर्जरमा जाने संस्थालाई केही सुविधा थप हुने, तर जबरजस्ती मर्जरमा लान राष्ट्र बैंकले भूमिका नखेल्ने किसिमको मौद्रिक नीति आउने राष्ट्र बैंकका अधिकारीहरुले बताएका छन् ।


प्रतिक्रिया दिनुहोस्