प्रभु बैंकले २ अर्बको ऋणपत्र ल्याउने
काठमाडौं । प्रभु बैंकले करिव २ अर्बको ऋणपत्र ल्याउने भएको छ । ऋणपत्र निष्कासनको लागी बैंकले नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।
प्रभु बैंकलाई धितोपत्र बोर्डले गत असार ३१ गते ऋणपत्र ल्याउन स्वीकृत दिएको बैंकले जनाएको छ । बैंकले एक हजार रुपैयाँ दरमा कूल २ अर्बको ल्याउन लागेको हो । २० लाख कित्ता मध्ये ८ लाख कित्ता सर्वसाधारणमा जारी गर्नेछ भने बाँकी संस्थागत लगानीकर्ताबाट उठाइने छ ।
लगानीकर्ताले वार्षिक १० प्रतिसत व्याज पाउने गरी ८ वर्षे डिभेन्चरको निष्काशन तथा विक्री प्रवन्धक नविल इन्भेष्टमेन्ट बैंकिङ रहेको छ ।