बोर्ड संग कुरा नमिलेपछि महालक्ष्मी विकास बैंकका सिईओ लामिछानेले दिए राजिनामा « Arthapath.com
४ श्रावण २०७७, आईतवार

बोर्ड संग कुरा नमिलेपछि महालक्ष्मी विकास बैंकका सिईओ लामिछानेले दिए राजिनामा



काठमाडौं । महालक्ष्मी विकास बैंकका सिईओ कृष्णराज लामिछानेले राजिनामा दिएका छन । विगत ३२ महिना अघि सिईओ नियुक्त भएका लामिछानेले शुक्रबारै राजिनामा दिएर घर बसेका छन ।

पछिल्लो समय महालक्ष्मी विकास बैंकमा संचालकहरुको हस्तक्षेपका कारण लामिछानेले बैंक छाडेका हुन । सिईओ नियुक्त भएदेखि नै एउटा ग्रुप लामिछानेसँग सन्तुष्ट थिएन । प्रोफेसनल बैंकरको परिचय बनाएका लामिछानेले बोर्डको प्रेसर थेग्न नसकेर राजिनामा दिएका हुन । साउन १ गते लामिछानेले बैंक संचालक समितिसमक्ष राजिनामा दिएका थिए । बैंक संचालक समितिले साउन २ गते शुक्रबारनै उनको राजिनामा स्वीकृत गरेको छ ।

लामिछाने २०७४ कार्तिकमा महालक्ष्मी विकास बैंकको सिईओमा नियुक्त भएका थिए । बैंकिङ क्षेत्रमा राम्रो ज्ञान भएका लामिछाने नेपाल बैंकबाट बैकिङ क्षेत्र प्रवेश गरेका व्यक्ति हुन । लामिछाने महालक्ष्मीको सिईओ हुनुपुर्व कैलाश विकास बैंकमा २ कार्याकाल सिईओ भएका थिए ।
उनि २ पटक विकास बैंकहरुको छाता संगठन डेभलपमेन्ट बैकर्स एशोसिएनका अध्यक्षसमेत भएका थिए । महालक्ष्मी विकास बैंकका सिईओ रमेश भट्टराईले छाडेपछि उनलाई सिइओ नियुक्त गरिएको थियो । २० वर्ष नेपाल बैंकमा काम गरेका लामिछाने कैलाश विकास बैंकमा ८ वर्ष सिईओ भएका थिए ।

सिईओ लामिछानेले बैंक छाडेपछि कामु सिईओको जिम्मेवारी सागर शर्मालाई दिइएको छ । शर्मा लामिछाने आउनुपुर्व पनि कामुको जिम्मेवारीमा थिए ।

के–के गरे महालक्ष्मीमा लामिछानेले ?
३२ महिना सिईओ सम्हाल्दा लामिछानेले बैंकको वित्तिय सूचकनै परिवर्तन गरिदिएका छन । लामो समय डिभिडेन्ट नदिएको बैंकले उनि आएको पहिलो वर्ष ९ प्रतिसत, दोस्रो वर्ष १५ प्रतिसत र तेस्रो वर्ष १८ प्रतिसत लाभासं खुवाएका थिए ।

२० अर्वको पोर्टफोलियो भएको बैंकलाई लामिछाने नेतृत्वको टिमले ३२ महिनामा ३७ अर्वको पोर्टफोलियोमा पुर्याएको छ । यती डेभलपमेन्ट बैंक र महालक्ष्मी विकास बैंक मर्ज गरेर बनेको सबैभन्दा ठुलो विकास बैंक पछिल्लो समय वित्तिय अवस्था सुध्रिढ हुँदै आएको थियो ।


प्रतिक्रिया दिनुहोस्