प्रभु बैंकको डेपुटी सिईओमा मणिराम पोखरेल
काठमाडौं । प्रभु बैंकको डेपुटी सिईओमा मणिराम पोखरेल नियुक्त भएका छन । बैंक व्यावस्थापनले पोखरेललाई साउन १ गतेदेखी लागु हुनेगरी डेपुटी सिईओमा नियुक्त गरेको हो ।
३० वर्ष बैंकिङ गरेका पोखरेल साविक समृद्धि विकास बैंक प्रभु विकास बैंकमा गाभिएसंगै प्रभु बैंकको सिईओ पछि सेकेण्ड पोजिसनमा रहेर काम गर्दै आएका थिए । सन १९९० मा नविल बैंकमा सहायक लेवलबाट बैंकिङ करिअर सुरु गरेका पोखरेल नेपाल एसविआई बैंक, एनसिसि बैंक हुँदै हिमचुलि विकास बैंकमा ८ वर्ष सिईओ चलाएका थिए ।
नम्र स्वभावमा पोखरेल प्रभु बैंकमा सेकेण्ड म्यानको रुपमा विगत ६ वर्षदेखी काम गर्दै आएका थिए । प्रभु विकास बैंक हुँदै उनि किष्ट बैंकसँग मर्ज प्रश्चता प्रभु बैंकको सिईओ पछि रहेर काम गरेपनि बैंक व्यवस्थापनले हालै डेपुटी सिईओ नियुक्त गरेको हो ।
पोखरेल प्रभु लाईफ इन्स्योरेन्सको संचालकसमेत रहेका छन ।