तिनाउ मिसन डेभलपमेन्ट बैंकको नाफा १९ करोड ६८ लाख
काठमाडौं । तिनाउ मिसन डेभलपमेन्ट बैंकले १९ करोड ६८ लाख नाफा कमाएको छ । बैंककले गत आवको वित्तिय विवरण प्रकाशित गर्दै १९ करोड ६८ लाख नाफा कमाएको देखाएको छ । बैंकले गत असार मसान्तसम्ममा १६ अर्ब ५ करोड ५७ लाख रुपैयाँ निक्षेप संकलन गरी १२ अर्ब ३३ करोड २३ लाख रुपैयाँ कर्जा प्रवाह गरेको वित्तिय विवरणमा उल्लेख छ ।
बैंकले साउन ११ गते वित्तिय विवरण प्रकाशित गरेको हो । बैंकले अघिल्लो अवको तुलनामा ३ सय ८२ प्रतिसत नाफा बृद्धि गर्न सफल भएको छ । अघिल्लो आर्थिक वर्षमा बैंकले ४ करोड ७ लाख रुपैयाँमात्रै खुद मुनाफा कमाएको थियो ।
बैंककले गत आवमा व्याज आन्दानी पनि बढाएको छ । ब्याज आम्दानी ४३ करोड ५१ लाखबाट बढाएर ६५ करोड ३० लाख पुर्याउन सफल भएको हो ।
बैंकले सञ्चालन मुनाफा १५ करोड ५४ लाखबाट बढाएर २८ करोड पुर्याएको हो । १ अर्ब ८१ करोड ३१ लाख रुपैयाँ चुक्ता पूँजी रहेको तिनाउँ मिसन डेभलपमेन्ट बैंकको जगेडा कोषमा २९ करोड ४२ लाख रहेको छ ।