राष्ट्र बैंकका कर्मचारीले बैंकको पोषाकमा टिकटक बनाउन नपाउने « Arthapath.com
१३ श्रावण २०७७, मंगलवार

राष्ट्र बैंकका कर्मचारीले बैंकको पोषाकमा टिकटक बनाउन नपाउने



काठमाडौं । अव राष्ट्र बैंकका कर्मचारीले कार्यस्थालमा वा कर्मचारी पोषाकमा टिकटक बनाउन नपाउने भएका छन । राष्ट्र बैंकका कर्मचारीले सामाजिक सञ्जालमा बैंक विरुद्धका कुरा वा लान्छनायुक्त कुरा फेसबुक ट्वीटर अन्यमा लेख्नसमेत रोक लगाएको छ ।

राष्ट्र बैंकको कर्मचारीले राष्ट्र बैंक विरुद्ध कुनै समाचार वा लेख लेख्नसमेत नपाउने भएका छन । देश विदेशमा हुने सेमिनार गोष्ठीमा भाग लिनसमेत राष्ट्र बैंक जनशक्ती विभागको स्वीकृती अनिवार्य गरिएको छ ।

राष्ट्र बैंककले कर्मचारीहरुलाई एक निर्देशन जारी गर्दै सामाजिक सञ्जालमा सरकार वा राष्ट्र बैंक विरुद्ध लेख्न नपाइने व्यस्था गरेको हो ।


प्रतिक्रिया दिनुहोस्