सिद्धार्थ बैंकले कमायो २ अर्व ९ करोड « Arthapath.com
२६ श्रावण २०७७, सोमबार

सिद्धार्थ बैंकले कमायो २ अर्व ९ करोड



काठमाडौं । सिद्धार्थ बैंककले गत आवमा २ अर्व ९ कारोड नाफा कमाएको छ । बैंकको नाफा दुई अर्ब ९ करोड रुपैयाँ नाफा आर्जन गर्न सफल भएको हो ।

गत आर्थिक वर्षको चौथो त्रैमासिक विवरण अनुसार बैंकले १ खर्व ३९ अर्व निक्षेप संकलन गरी दुई अर्ब ९ करोड रुपैयाँ नाफा आर्जन गर्न सफल भएको हो ।

सिद्धार्थ बैंकले आव २०७५।७६ मा भने दुई अर्ब २५ करोड रुपैयाँले नाफा गरेको भएपनि यस वर्ष कोरोनाका कारण नाफामा केही घटेको हो ।

बैंकले गत आवमा एक खर्ब ३९ अर्ब रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब २३ अर्ब कर्जा लगानी गरेको छ । ९ अर्ब ७८ करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ५ अर्ब २४ करोड रुपैयाँ रहेको छ ।


प्रतिक्रिया दिनुहोस्