मुक्तिनाथ विकास बैंकका ग्राहकहरुलाई व्यवसायिक संस्थाका सेवाहरुमा छुटै छुट « Arthapath.com
२७ श्रावण २०७७, मंगलवार

मुक्तिनाथ विकास बैंकका ग्राहकहरुलाई व्यवसायिक संस्थाका सेवाहरुमा छुटै छुट



काठमाडौं । मुक्तिनाथ विकास बैंकले आफ्न ग्राहकहरुलाई सजिलो सेवा प्रदान गर्नका लागि विभिन्न व्यवसायिक संस्थाहरुसंग विशेष छुट प्रदान गर्ने गरी सम्झौता गरेको छ ।

मुक्तिनाथ बैंकलेविभिन्न प्रतिष्ठित व्यवसायिक संस्थाहरुसंग सहकार्य गरेको छ, जसअन्तर्गत, NEPMEDS Online Pharmacy, Easy Care Online Pharmacy, Alma Artes (Watch Company ), BajekoSekuwa रहेका छन् ।

अब बैंकका भिषा डेविट कार्ड वाहक तथा मोवाईल बैंकिङ्ग प्रयोगकर्ता ग्राहकहरूले उल्लेखित कम्पनीहरुबाट सेवा सुविधालिदा १५% सम्मकोछुट पाउने व्यवस्था गरिएको छ ।

बैंकले Balance Certificate, Cheque Book, Good For Payment Cheque जारी शुल्क र अन्तरशाखा बैंकिङ्गकारोबार सेवानिःशुल्क गरेकोे छ ।

साथै बैंकको ग्राहकले VISA Network अन्तर्गत जुन सुकै बैंकको ATM बाट विनाशुल्क रकम झिक्न सकिने बैंकका प्रमुख सुचना अधिकारी तिलबहादुर गुरुङ्गले बताए


प्रतिक्रिया दिनुहोस्