एनआईसी एशिया बैंकको क्रेडिट कार्डले शून्य ब्याजदरमा इलेक्ट्रोनिक सामान किन्न सकिने « Arthapath.com
२९ श्रावण २०७७, बिहीबार

एनआईसी एशिया बैंकको क्रेडिट कार्डले शून्य ब्याजदरमा इलेक्ट्रोनिक सामान किन्न सकिने



काठमाडौं । एन आई सी एशिया बैंकले समयअनुरुप ग्राहकमैत्री उत्कृष्ट योजना ल्याउने क्रममा आफ्ना क्रेडिट कार्ड प्रयोगकर्ताहरूलाई शून्य ब्याजदरमै विभिन्न इलेक्ट्रोनिक सामग्रीहरू खरिद गर्न सकिने योजना ल्याएको छ ।

अब बैंकका ग्राहकले इलेक्ट्रोनिक सामग्रीहरू शून्य ब्याजदरमा खरिद गरी किस्ताबन्दीमा खरिद रकम बैंकलाई भुक्तानी गर्ने सक्ने छन ।

यस बैंकले सिजी डिजिटल प्रा.लि., एल जी लाइफ स्टाइल शोपी प्रा. लि., इभोलुसन ट्रेडिङ प्रा. लि. (इभो), नियोटेरिक नेपाल प्रा. लि., इको इन्फिनिटी प्रा. लि., त्रिवेणी व्यापार कम्पनी प्रा. लि लगायत १६ वटा मर्चेन्टहरूसँग विभिन्न सामग्रीहरू क्रेडिट कार्ड प्रयोगकर्ता लाई शून्य ब्याजदरमै उपलब्ध गराउने गरी समझदारी गरेको छ ।

बैंकका क्रेडिट कार्ड प्रयोगकर्ताले शून्य ब्याजदरमै टिभी, फ्रिज, वासिंङ मेसिन, इलेक्ट्रोनिक स्कुटर, ल्यापटप, आइफोन, आइम्याक, आइप्याड लगायतका सामग्रंीहरू खरिद गर्न सक्नुहुनेछ ।

त्यस्तै अतुलनीय फाइदाले भरिपूर्ण यस योजनाबाट ग्राहकले आफ्नो क्रेडिट कार्डको सिमाभित्र रहने गरी न्यूनतम ३० हजार देखि अधिकतम ५ लाखसम्मका उपभोग्य इलेक्ट्रोनिक सामग्रीहरू खरिद गर्न सक्नुहुनेछ ।

बैंकले मुलुकभर ३२६ शाखा कार्यालयहरू, ४६६ एटिएम, १०२ वटा एक्स्टेन्सन काउण्टर एवं ६४ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गदै आएको छ ।


प्रतिक्रिया दिनुहोस्