माछापुच्छ्रे बैंकले कमायो १ अर्व २५ करोड निक्षेपमा उल्लेख्य बृद्धि « Arthapath.com
३० श्रावण २०७७, शुक्रबार

माछापुच्छ्रे बैंकले कमायो १ अर्व २५ करोड निक्षेपमा उल्लेख्य बृद्धि



काठमाडौं । माछापुच्छ्रे बैंककले गत आवमा १ अर्व २५ करोड नाफा कमाउन सफल भएको छ । त्यसैगरी बैंककले निक्षेपमा भने उल्लेख्य सुधार गरेको प्रकाशित वित्तिय विवरणमा उल्लेख छ ।

अघिल्लो आवमा १ अर्व ६९ करोड नाफा गरेको माछापुच्छ्रे बैंकले गत आवमा भने ४४ करोड नाफा घटेको छ । निक्षेपमा भने गतवर्ष भन्दा १९ अर्ब बढाएको छ । आव २०७५÷७६ मा ८५ कर्व निक्षेप रहेकोमा गत असार मसान्तसम्ममा निक्षेप १ खर्ब ४ अर्ब पुर्याएको छ ।

माछापुच्छ्रे बैंकले कर्जामा भने १७ अर्व बढाएको छ । अघिल्लो आवमा ७५ अर्व ९ करोड कर्जा प्रवाह गरेको माछापुच्छ्रे बैंककले गत असारसम्ममा ९२ अर्ब ३३ करोड कर्जा दिएको छ । ८ अर्व ४५ करोड चुक्ता प्ँजी भएको माछापुच्छ्रे बैंकले सेयरधनीलाई बाड्न मिल्ने नाफा भने ९० करोड गरेको छ ।

माछापुच्छ्रे बैंकको खराव कर्जा अनुपात पनि केही बढेको छ । अघिल्लो आवमा ०.३७ रहेको खराब कर्जा अनुपात गत आवमा बढेर ०.५४ प्रतिशत पुगेको छ ।


प्रतिक्रिया दिनुहोस्