बिना धितो एकैदिन १५ लाखसम्म ऋण पाईने « Arthapath.com
३२ श्रावण २०७७, आईतवार

बिना धितो एकैदिन १५ लाखसम्म ऋण पाईने



काठमाडौं । अव बैंकबाट एकै दिनमा १५ लाख क्र लिन सकिने भएको छ । नेपाल चार्टड एकाउन्टेन्ट संघ र कामना सेवा विकास बैंकबीच एक्यानमा आवद्ध सदस्यलाई बिना धितो प्रोफेश्नल कर्जा प्रवाह सम्बन्धी सम्झौता भएको छ ।

बैंकको १२४ शाखाबाट एकै दिनमा बिना धितोमा १५ लाख सम्मको प्रोफेश्नल कर्जा एक्यानका सदस्यहहरुले विना कुनै झण्झटले सलन पाउने भएका छन् ।

व्यक्तिगत आवश्यकता पूरा गर्न बिना धितोमा सहुलियतपूर्ण बैंकिङ सुविधा लिन पाउने र एक्यानमा आवद्ध सदस्यका श्रीमतिद्वारा सञ्चालित व्यापार व्यवासयलाई समेत सहुलियतपूर्ण कर्जा प्रवाहको लागि समझदारी भएको संघका उपाध्यक्ष रमेश धितालले बताए ।


प्रतिक्रिया दिनुहोस्