५३ करोड नाफा कमाएको गरिमा बैंकले १०.५२ प्रतिशत लाभांश दिने « Arthapath.com
३२ श्रावण २०७७, आईतवार

५३ करोड नाफा कमाएको गरिमा बैंकले १०.५२ प्रतिशत लाभांश दिने



काठमाडौं । गरिमा विकास बैंकको गत बर्ष ५३ करोड रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक बर्षमा बैंकले ५९ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो ।

त्यस्तै गत बर्ष बैंकले निक्षेप संकलन ४२ अर्ब रुपैयाँ, कर्जा लगानी ३४ अर्ब रुपैयाँ र ब्याज आम्दानी १ अर्ब ६२ करोड रुपैयाँ गरेको छ । त्यस्तै बैंकको जगेडा कोषमा ७२ करोड रुपैयाँ रहेको छ ।

त्यस्तै गत बर्ष बैंकको वितरण योग्य नाफा भने ३४ करोड रुपैयाँ, चुक्ता पुँजी ३ अर्ब २३ करोड रुपैयाँ रहेको छ । बैंकले आफ्ना शेयरधनीहरुलाई १०.५२ प्रतिशत लाभांश दिन सक्ने क्षमता गरेको छ ।


प्रतिक्रिया दिनुहोस्