बैंक म्यानेजरलाई कोरोना संक्रमण

काठमाडौं । चितवनमा शनिबार कोरोना संक्रमण पुष्टि भएका मध्ये एक जना बैंकको म्यानेजर रहेको खुलेको छ ।
पूर्वी चितवनको खैरहनी ८ पर्सा बजारमा रहेको एक बैंकका ३६ वर्षीय बैंक म्यानेजरलाई कोरोना पुष्टि भएको खैरहनी नगरपालिकाका मेयर लालमणी चौधरीले बताए ।
बैंक म्यानेजरमा कोरोना संक्रमण पुष्टि भए पछि खैरहनी नगरपालिकाले बैंकमा सेवा लिन गएका सेवाग्राहीहरुलाई सुरक्षित रहन आग्रह गरेको छ ।