नेप्सेमा सूचीकृत एनएमबि बैंकको ५० करोड रुपियाँ बराबरको डिबेञ्चर खारेज « Arthapath.com
७ भाद्र २०७७, आईतवार

नेप्सेमा सूचीकृत एनएमबि बैंकको ५० करोड रुपियाँ बराबरको डिबेञ्चर खारेज



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले एनएमबि डिबेन्चर २०७७ को सूचीकरण खारेजी गरेको छ । बैंकले भदौ ४ गते नेप्सेलाई पत्र लेख्दै भदौ ५ गतेदेखि ७५ एनएमबि डिबेञ्चर २०७७ परिपक्व हुने भएकाले सूचीकरण खारेजीको लागि निवेदन दिएको थियो ।

सोही निवेदन अनुसार नेप्सेले सूचीकृत खारेजी गरेको हो । एनएमबि बैंकले निष्कासन गरे यो डिबेञ्चर ५० करोड रुपैयाँ बराबरको ५ लाख इकाई रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्