बाणिज्य बैंकमा सम्धीको होला त इन्ट्री ? बचाउ गर्दै प्रधानमन्त्रीले ‘भने कोइराला योग्य व्यक्ति हुन’ « Arthapath.com
१४ भाद्र २०७७, आईतवार

बाणिज्य बैंकमा सम्धीको होला त इन्ट्री ? बचाउ गर्दै प्रधानमन्त्रीले ‘भने कोइराला योग्य व्यक्ति हुन’



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलका सम्धी प्रा. डा. उपेन्द्र कोइराला योग्य व्यक्ति रहेको बताएका छन । हिजो राती एक टेलिभिनको अन्र्तवार्तामा प्रधानमन्त्री ओलीले रक्षामन्त्री पोखरेलका सम्धी त पछि भएका हुन भन्दै उहाँ आफै ययोग्य रहेको बताएका छन ।

ओलीले कोइराला सम्धी हुनु अगावै मध्यपश्चिमाअञ्चल विश्वविद्यालयको उपकुलपती भएको र उहाँले सम्धी हुनु पहिलेनै पिएचडी गरेको भन्दै कोइराला योग्य रहेको बताए । यद्येपी सरकारले २ साताअघि नियुक्त गरिएको उपेन्द्र कोइरालालाई बाणिज्य बैंकको संचालक समितिमा सपथ गराइएको छैन ।

राष्ट्रिय बाणिज्य बैंकको संचालक समितिको बैठक यसै साता बस्ने प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बताए । आगामी बैंठकमा कोइरालाको इन्ट्री हुने नहुनेबारेमा भने श्रेष्ठले बताउन चाहेनन् । रक्षामन्त्री पोखरेलका सम्धीलाई बाणिज्य बैंकमा नियुक्ती दिएको बारेमा मिडिया र सामाजीक सञ्जालमा चर्को आलोचना भएको थियो । सो आलोचनाबारे स्वयम् मन्त्री पोखरेलले विज्ञप्ती नै जारी गर्नुपर्यो भने प्रधानमन्त्रीलेसमेत सम्धी भएकाले बाणिज्य बैंकको संचालक नबनाइएको बताए ।


प्रतिक्रिया दिनुहोस्