मुक्तिनाथ रेमिटको सेवा अब अष्ट्रेलियाबाट « Arthapath.com
११ आश्विन २०७७, आईतवार

मुक्तिनाथ रेमिटको सेवा अब अष्ट्रेलियाबाट



काठमाडौं । मुक्तिनाथ विकास बैंकको आफ्नै रेमिट मुक्तिनाथ रेमिटले अष्ट्रेलियाबाट पनि रेमिट सेवा सञ्चालन गरेको छ ।

अष्ट्रेलियामा रहेका नेपालीहरुले अष्ट्रेलियामा रहेको मुक्तिनाथ रेमिट अष्ट्रेलिया (Muktinath Remit Australia को कार्यालय तथा मुक्तिनाथ रेमिट अष्ट्रेलियाको website https://www.muktinathremit.com.au मा Log in  गरी वा मोबाईल एप्स बाट नेपालमा रहेका कुनैपनि बैंकको खातामा रकम पठाउन सक्नुहुनेछ ।

साथै मुक्तिनाथ रेमिट मार्फत पठाएको पैसा नेपालमा रहेको मुक्तिनाथ रेमिटको ४,००० भन्दा बढी एजेन्ट मार्फत पनि प्राप्त गर्न सकिनेछ । थप विवरणका लागि मुक्तिनाथ रेमिट अष्ट्रेलिया को website :https://www.muktinathremit.com.au पनि हेर्न सकिनेछ ।

कोरोनाको संक्रमणबाट सुरक्षित भई डिजिटल बैंकिङ्ग कारोबार प्रोत्साहन गर्न बैंकको ग्राहकले VISA Network अन्तर्गत जुन सुकै बैंकको ATM बाट विना कुनै शुल्क रकम झिक्न सकिने व्यवस्था गरिएको समेत बैंकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्