सुटुक्क बने उपप्रधानमन्त्री पोखरेलका सम्धी बाणिज्य बैंकको संचालक, शुक्रबार अध्यक्ष बन्ने « Arthapath.com
१९ आश्विन २०७७, सोमबार

सुटुक्क बने उपप्रधानमन्त्री पोखरेलका सम्धी बाणिज्य बैंकको संचालक, शुक्रबार अध्यक्ष बन्ने



काठमाडौं । विवादका बावजुत सरकारले राष्ट्रिय बाणिज्य बैंकको अध्यक्षमा प्रा. डा. उपेन्द्र कोइरालालाई नियुक्त गरेको छ । कोइराला उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलका सम्धी हुन । कोइरालालाई बाणिज्य बैंक संचालक समितिको सदस्य बनाइएको छ । गत बुधबार कोइरालाले सपथ ग्रहण गरिरहेका छन ।

तत्कालिन अर्थमन्त्री डा. युवराज खतिवडाले वर्तमान उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलका सम्धी पोखरेललाई भदौ महिनाको पहिलो साता नै वाणिज्य बैंकको संचालकमा मनोनित गरेका थिए । मन्त्रीका सम्धीलाई बैंकको संचालक बनाएको खवर मिडियामा आएपछि उनको नियुक्ति रोकिएको थियो ।

गत बुधबार बसेको बाणिज्य बैंक संचालक समिति बैठकमा कोइराला पनि सहभागी भएको सीईओ किरण कुमार श्रेष्ठले बताए । बैंककले कोइरालालाई संचालक मात्रै बनाएको भएपनि अध्यक्ष भने बनाएको छैन । राष्ट्रिय बाणिज्य बैंकको संचालक समिति बैठक आगामी शुक्रबार बस्ने जनाइएको छ । सोही बैठकबाट कोइरालाले अध्यक्षको कार्यकार सम्हाल्नेछन ।


प्रतिक्रिया दिनुहोस्