नविल बैंककाे अध्यक्ष बने पुर्व बैंकर पाैडेल, ३५ वर्षदेखी बाेर्डमा रहेका शम्भु पाैडेल विदा भए « Arthapath.com
२० आश्विन २०७७, मंगलवार

नविल बैंककाे अध्यक्ष बने पुर्व बैंकर पाैडेल, ३५ वर्षदेखी बाेर्डमा रहेका शम्भु पाैडेल विदा भए



काठमाण्डाैं । नबिल बैंकको अध्यक्षमा पुर्व बैंकर उपेन्द्र पाैडेल चयन भएका छन । मंगलबार बसेकाे बैंक सञ्चालक समिति बैठकले खाली रहेकाे अध्यक्षमा उपेन्द्र पौडेललाई नियुक्त गरेकाे हाे ।

एनएमबि बैंकको प्रमुख कार्यकारी अधिकृतबाट छाडेकाे पाैडेल यसअघि नविल बैंककाे संचालक थिए । बैंकका २०४२ सालदेखी संचालक हुँदै अधिकांस समय अध्यक्ष रहेका सम्भु पाैडेलकाे कार्यकाल सकिएपछि नयाँ अध्यक्ष चयन गरिएकाे हाे ।

नविल बैंककाे संचालक रहेका अर्का संचालक दयरामगोपाल अग्रवालको पनि ४ वर्षे कार्यकाल सकिएकाे थियाे । बाैदिक बैंकरकाे परिचय बनाएका पाैडेल २०७४ मंसिरबाट उपेन्द्र नबिल बैंकको सञ्चालक रहदै अाएका थिए ।

त्यसैगरी लामाे समय अध्यक्ष रहेका सम्भु पाैडेलकाे नविल बैंक विरासत पनि सकिएकाे छ ।

तीन दशकभन्दा बढी बैंकिङ क्षेत्रको अनुभव हासिल गरेका उहा“ यसअघि एनएमबी बैंक लिमिटेडको संस्थापक प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा हुनुहुन्थ्यो ।

सन् १९८६ मा ग्रिनलेज बैंकबाट उहाँ बैंकिङ करिअर सुरु गर्नुभएको थियो । त्यहाँ १४ वर्ष जिम्मेवारी सम्हालेपछि उहाँ एनएमबी फाइनान्समा पुग्नुभएको थियो । एनएमबीमा उहाँले १७ वर्ष अनवरत सेवा गर्नुभयो ।

१४ वर्ष ग्रिनलेेज बैंक, १७ वर्ष एनएमबी र ३ वर्ष नबिल बैंकसहित उहाँले ३४ वर्षको बैंकिङ अनुभव बटुल्नुभएको छ । विगतमा आफूले काम गरेका हरेक क्षेत्र तथा बैंकमा आज पनि उहा“को योगदानको उच्च कदर हुने गर्छ ।

होटलबाट आफ्नो व्यावसायिक करिअर सुरु गरेका पौड्यालले सोल्टी होटलमा करिब ६ वर्ष काम गर्नुभयो । त्यही अनुभवका आधारमँ उहाँ हालको स्टयान्डर्ड चार्टर्ड (तत्कालीन नेपाल ग्रिनलेेज बैंक) मा प्रवेश गरे । त्यहा विभिन्न पदमा रहेर करिब १४ वर्ष काम गरेको उहाँको अनुभव छ ।

समाज सेवाका विभिन्न क्षेत्रमा समेत संलग्न हुँदै आउनुभएका पौड्याल सन् २०१४ देखि २०१६ सम्म नेपाल बैंकर्स संघको अध्यक्ष हुनुहुन्थ्यो । दशकौंको बैंकिङ अनुभव र दक्षताले उहाँलाई नबिल बैंकको अध्यक्षसम्म पुर्याएको छ । बैंकले उहाँको नेतृत्वमा नयाँ उचाई प्राप्त गर्ने अपेक्षा राखेको छ ।


प्रतिक्रिया दिनुहोस्